स्वास्थ्यको लागि फाइदाजनक कालो चामलको भात अब चरिकोटको द रोयल क्याफेमा

Thursday, September 13th, 2018 |

अनु थामी

भदौ, २८,दोलखा


अत्यन्तै व्यस्त शहर चरिकोटमा यतिबेला शान्त तथा आनन्दमय वातावरणमा मिठा परिकार हरु खान पाइने स्थान द रोयल क्याफे एण्ड फेमिली रेष्टुरेण्ट बनेको छ ।

                               
चरिकोट सातदोबाटो चोक पुलिस बिट अगाडि पट्टि मेडिकल भएको घरमा एक तला माथि रहेको उक्त क्याफेमा खाना तथा बस्नको पनि राम्रो सुविधा रहेको छ । करिब ६ महिना अगाडि संचालनमा आएको यस होटेल ले ग्राहकहरुलाई भरपुर सन्तुष्टि दिन सकेको हँुदा सञ्चालक पुष्कर कुमार अधिकारी धेरै खुशी हुन सकेको अनुभव बताउँछन ।

अर्डर अनुसारको कोदोको ढिँडो र सिस्नो अनि लोकल कुखुराको मासु, अस्ट्रिचको परिकार,सिङ्गापुरे चिकेन तथा अन्य स्वादिष्ट खाना तथा खाजाका परिकार हरु सँग झुम्मिदै मिठो स्वाद लिन सकिन्छ, यसको अलवा यहाँ अन्य होटेल भन्दा फरक परिकार स्वास्थ्यको लागि एकदमै फाइदाजनक खाना कालो चामलको भात उपलब्ध पनि गराइने जानकारि प्रोपाइटर अधिकारी ले बताएका छन् ।

      

 

 

VIEWS: 786