मन्दिर छोएको आरोपमा एक बालकको पिटाइ

Thursday, September 13th, 2018 |

भदौ,२८
बारा जिल्ला को परवानीपूर गाउँपालिका का एक बालक लाई मन्दिर छोएको भन्दै त्यहाँका स्थानीय हरुले कुटपिट गरेका छन् ।

मन्दिर छोएको आरोप लगाई स्थानियको सांघातिक आक्रमणबाट सुमन राम,उनका दाजु उमेद र आकाश गम्भिर घाइते भएका छन् । घाइतेहरुको उपचार पर्साको बहुअरी स्थित बिरगंज हेल्थ केयर अस्पतालम उपचार भइरहेको छ ।

स्थानिय को भनाई अनुसार घट्ना चार दिन अगाडि करिमन रामका साना छोरा बद्रिले बस्ति नजिकै रहेको मन्दिरको धारामा गएर पानी पिएको आरोपमा मन्दिरका बाबा रामदयाल यादव ले अछुत जातले धारा छोएको भन्दै बद्रिलाई मरासन्न हुने गरि पिटेका थिए । यसको बिरोध गर्दा बाबा यादव र दिपका यादवको अगुवाइमा आफूहरुले बेस्कन कुटाई खान परेको उपचाररत उमेद बताउँछन ।
आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

VIEWS: 168