निर्माण व्यवसायी संघ दोलखाको नयाँ नेतृत्वमा ३ जनाको दावी, को बन्ला अध्यक्ष ?

Wednesday, September 12th, 2018 |

हरिश कुमार थामी


२७ भदौ, निर्माण व्यवसायी संघ दोलखाको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ । अध्यक्षका लागि तीन जना आकांक्षी देखिएपछि चुनावी माहोल बढेको हो । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष देवकृष्ण थापा, जंग बहादुर बस्नेत र सम्शेयर घीसीडंले दावी गरेका छन् । ती मध्ये अध्यक्षमा जंगवहादुर बस्नेत र देवकृष्ण थापा बीच प्रतिष्पर्धा हुने निर्माण व्यवसायीहरु बताउँछन् ।

तीनै जना उम्मेदवारले आफुलाई बलियो भएको भन्दै जित्ने दावी गर्दै आएका छन् । अन्तिम सम्म सहमतिको प्रयास गरिने सहमति नभए निर्बाचन मार्फत नेतृत्वको टुंगो लगाउने तयारी छ ।

सदरमुकाम चरिकोटमा भोली हुने १३ औ साधारण सभा तथा सातौ अधिवेशन मार्फत नयाँ नेतृत्व चयन हुनेछ । महत्वपुर्ण पेशागत संगठन भएकाले निर्माण व्यवसायी संघको नयाँ नेतृत्व चयनमा केन्द्रीय नेताहरुले समेत चासो देखाएका छन् ।

अधिवेशनको निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णुभाई श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ । संघको १७ सदस्यीय जिल्ला कार्यसमितिमा १५ जना निर्वाचित, निवर्तमान अध्यक्ष पदेन सदस्य रहने र एकजना सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान छ । दोलखा निर्माण व्यवसायी संघमा २ सय ६५ निर्माण व्यवसायी आवद्ध छन् ।

VIEWS: 444