५ वर्षपछि नेपाल साफ च्याम्पियनसिपको सेमिफाईनलनमा

Sunday, September 9th, 2018 |

२३ भदौ, ढाका । आयोजक बंगलादेशलाई पराजित गर्दै नेपाल पाँच वर्षपछि साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलनमा प्रबेश गरेको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २(० गोल अन्तरले पराजित गर्यो । बंगलादेशले घरेलु मैदानमा समर्थकको साथ पाएपनि नेपालले सुरुदेखिनै दबावमा राख्यो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई सुरुवाति अग्रता दिलाए ।

विमलले करिब ३५ यार्डको दुरीबाट प्रहार गरेको बल गोलमा परिणत भयो । बंगलादेशका गोलरक्षक मोहम्मद सहिदुल आलमले उक्त प्रहार रोक्न सकेनन् ।
एक गोलको अग्रतापछि नेपाली खेलाडीहरूले खुलेर खेले र प्रतिद्धन्द्धी समुहमाथि दबाव बढाईरहे ।

५४औं मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काले प्रहार बारमाथिबाट बाहिरियो ।

घरेलु टोलीको पोष्टमा एकपछि अर्को आक्रमण गरेको नेपाल निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।

पाकिस्तान उपविजेता बन्यो भने घरेलु टोली बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।

VIEWS: 608