पोखराको तालमा डुंगा पल्टियो, एकको मृत्यु

Saturday, September 8th, 2018 |

२३ भदौ

पोखरा महानगरको लेखनाथमा रहेको बेगनास तालमा डुंगा दुर्घटना भएको छ ।

डुंगामा नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ भने १ जनाको शव निकालिएको स्थानीयले बताए। अन्य ४ जना बेपत्ता छन्

डुंगा पल्टिएको खबर पाउने बित्तिएकै प्रहरी टोली उद्धारका लागि बेगनास तालमा पुगेर ४ जनाको उद्धार गरेको थियो। अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

VIEWS: 135