नेकपाको यस्तो छ, अन्तरिम विधान (हेर्नुस् पूर्णपाठ)

Saturday, September 8th, 2018 |

काठमाण्डौँ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधानले अध्यक्षलाई शक्तिशाली बनाएको छ। नेकपाको एकता महाधिवेशन २०७७ जेठ ३ गतेभित्र गर्ने विद्यानमा व्यवस्था छ।

विद्यान अनुसार नेकपामा तत्कालका लागि ८ वटा संरचना रहने छ। त्यसअनुसार एकता एकताको राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च रहने छन्। नेकपाले अहिले ३२ वटा विभाग बनाएको छ । विधानअनुसार २०७५ कात्तिकभित्र तल्लो तहसम्म पार्टी एकीकरण भइसक्नु पर्नेछ।

ओली शक्तिशाली
विधानले प्रधानमन्त्रीसहित संसदीय दलका नेतासमेत रहेका केपी शर्मा ओलीले पार्टीका आन्तरिक बैठक र भेला तथा सभाका लागि पनि समान हैसियतमा अध्यक्षता गर्ने व्यवस्था गरेको छ । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीले पार्टीका सभा बैठकमा समान हैसियतमा अध्यक्षता गर्ने भनिएको थियो । तर विद्यानले पार्टी एकीकरणपछि पनि ओलीलाई शक्तिशाली बनाएको हो ।

विधान र नियमावलीको पूर्णपाठ हेर्न यहाँ क्लीक गर्नुहोस्–

https://drive.google.com/file/d/1kZnhHgZo52gQc9UgmFPeZSyAW6_AZSP3/view

VIEWS: 694