नयाँ दिल्लीमा प्रचण्डले भने : सरकारको स्थायित्वमा फरक पर्दैन

Friday, September 7th, 2018 |

२२ भदौ, नयाँ दिल्ली । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बेला सरकारको नेतृत्व परिबर्तन बारे भएको भद्र सहमति बारे सार्वजानिक अभिव्यक्ति दिएका छन् । उनले बर्तमान प्रधानमन्त्री केपी ओलीसँग सरकारको नेतृत्व परिवर्तनसम्बन्धी सम्झौता भएको स्पष्ट संकेत गरेका हुन् ।

भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा पाँच वर्षे कार्यकालमध्ये एक समय ओली र त्यसपछि प्रचण्डले नेतृत्व लिनेबारे सोधिएको प्रश्नमा प्रचण्डले एकताका सन्दर्भमा समझदारी भएको बताए ।

‘पार्टी एकताका सन्दर्भमा हामीबीच समझदारी भएको छ, तर त्यसले पाँच वर्षे सरकारको स्थायित्वलाई फरक पार्ने छैन । हामीले जनतालाई चुनावमा अपिल पनि गरिसकेका छौँ’ प्रचण्डले भारतीय बुद्धिजीवि तथा पूर्वराजदूत माझ भने, ‘बाँकी के के घटनाक्रम हुन्छ, तपाईहरुले थाहा पाइहाल्नु हुनेछ ।’

करिब आधा घण्टा प्रस्तुतीकरण र आधा घण्टा भारतीय बुद्धिजीविको प्रश्नको उत्तर दिएका प्रचण्डले नेपालको विदेश नीतिको प्राथमिकताका साथै शान्ति प्रक्रियामा आउँदाको अनुभव पनि सुनाए ।

VIEWS: 199