तलबभत्ताको रकम शिक्षामा लगानी गर्ने वडा अध्यक्ष रिमालको घोषणा
–हरिश कुमार थामी
२१ भदौ, दोलखा । बैत्यश्वर गाउँपालिकाका एक जना वडा अध्यक्षले आफ्नो तलब भत्ता बापतको रकम सामाजिक विकासमा खर्च गर्ने घोषणा गरेका छन् । बैत्यश्वर गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष रेशम राजस्वराज रिमालले तलवभत्ता बापतको रकम वडाको शैक्षिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका हुन् ।
रिमालले वडाको बैठकमा आफ्नो तलब भत्ताको रकमले हाललाई प्रत्येक महिना एउटा विद्यालयमा नियमित र वडाका सबै विद्यालयलाई समेट्ने गरी दुई वटा केन्द्रिकृत कार्यक्रम गर्ने जानकारी गराए । शैक्षिक सुधार र विकासका लागि केही सिर्जनशील कार्यका लागि थोरै भएपनि सहयोग पुगोस् भन्ने उदेश्यले आफुले यस्तो निर्णय गरेको अध्यक्ष रिमालले बताए ।
अध्यक्ष रिमालको उक्त घोषणा अनुसार अव नेपाल सरकारबाट उनले प्राप्त गर्ने सम्पुर्ण सेवा सुबिधा वडाको शैक्षिक विकासमा लगानी हुनेछ । शैक्षिक क्षत्रको अलवा तलबभत्ताको रकम सडक लगाएत अन्य सामाजिक कार्यमा पनि लगानी गर्न सकिने उनले बताए ।
जनप्रतिनीधिहरुले तलबभत्ता सहितको सेवा सुबिधा बढाउने गरेको समाचार आईरहेका बेला अध्यक्ष रिमालले यस्तो घोषणा गरेका हुन् ।