टेलिकमको मोबाईल सेवामा देशभर किन आयो समस्या ?
Tuesday, September 4th, 2018 | krishak khabar
१९ भदौ, काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा समस्या आएपछि सेवाग्राही समस्यामा परेका छन् । टेलिकमद्धारा संचालित प्रिपेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको छ । फोन सम्पर्क हुन नसक्ने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मारमा परेका छन् ।
टेलिकमको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । ल्यान्डलाइन भने पूर्ववत रुपमा सञ्चालन भइरहेको टेलिकम अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार मंगलबार बिहान ६ बजेदेखि प्रि(पेड र पोस्टपेड मोबाइलमा एक्कासि फोन नलाग्ने समस्या आएको हो । मोबाइल नेटवर्कमा के कारणले खराबी आएको हो भन्ने विषय पहिचान भैनसकेको टेलिकमले जनाएको छ ।
समस्या समाधानका लागि प्राविधिकहरु खटिएकाले फोन सेवा छिट्टै सुचारु हुने टेलिकमको भनाई छ ।
ताजा खबर
किसानलाई गाउँपालिकाद्धारा दुहुनो भैँसी वितरण
Monday, May 29th, 2023
एउटै गाउँबाट २ करोडको तरकारी निकासी
Sunday, May 7th, 2023
कृषि उत्पादनमा जापानी प्रविधि सहितको तालिम
Friday, May 5th, 2023
दाङबाट जडीबुटी निकासीमा कमी
Monday, April 24th, 2023
अण्डाले मुल्यपाउन थाल्यो
Tuesday, April 18th, 2023
परम्परागत प्रविधि लोप हुदै
Wednesday, April 12th, 2023
गहुँ थ्रेसिङ महँगो हुँदा किसानलाई समस्या
Monday, April 10th, 2023
रैथाने बाली खरिद गदै गाउँपालिका
Friday, March 31st, 2023
मालारानीका किसान मौरीपालनमा आत्मनिर्भर बन्दै
Wednesday, March 29th, 2023
आँपको फूलमा मधुवा रोग लागेपछि किसान चिन्तित
Monday, March 27th, 2023