देशभरका चिकित्सकहरु फेरी आन्दोलनमा, सेवाग्राही मारमा

Sunday, September 2nd, 2018 |

१७ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेपछि सेवाग्राही मारमा परेका छन् । संघको अगुवाईमा डाक्टरहरुले आईतवार नै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने तयारी पनि गरेका छन् ।

संघले मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आन्दोलन गरेको हो । सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले बताए ।

उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आ(आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था छ । सोही प्रावधान संशोधन गर्नुपर्ने उनीहरुको माग छ ।

VIEWS: 326

ताजा खबर