यतीको जहाज धावनमार्गमा चिप्लियो, पाँच यात्रु घाईते

Sunday, September 2nd, 2018 |

१७ भदौ, काठमाडौँ — नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमानद दुर्घट्ना भएको छ । विमान शनिबार राति अवतरणपछि धावनमार्गमा चिप्लिएर दुर्घट्ना भएको हो ।

दुर्घट्नाबाट जहाजमा रहेका ५ यात्रुलाई साधारण चोट लागेको त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । चालक दल र अरु यात्रुको अवस्था सामान्य छ।

कोटेश्वरतर्फबाट अवतरण गरेको जहाज चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रा) भाँच्चिएको महाप्रबन्धक क्षत्रीले बताए।

VIEWS: 278