यौन दुर्ब्यहारको आरोपमा प्रिन्सिपल प्रहरीको नियन्त्रणमा

Wednesday, August 29th, 2018 |

१३ भदौ, बुटवल । चितवन बुटवलका एक प्रिन्सिपललाई छात्रामाथि यौन दुर्ब्यवहारको आरोप लागेको छ । यौन दुव्र्यवहादरको आरोपमा बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेल पक्राउ परेका छन् ।

कक्षा १० कि छात्रा स्कुलको होस्टेलमा बस्दै आएकी थिईन् । प्रिन्सिपल पौडेलले बालिकामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राति एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको अभिभावक र स्थानीयको आरोप छ ।

ती छात्राले आफ्ना आमाबुबासंग प्रिन्सीपल पौडेलले गरेको दुर्ब्यवहार बारेमा बताएपछि बुधबार स्थानीयले विहानैदेखि विरोध प्रदर्शन र नाराबाजी समेत गरेका छन् ।
प्रहरीले भने विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । यता प्रिन्सीपल पौडेलले भने आफूलाई नियोजित रुपमा फसाउन खोजिएको दाबी गरेका छन् ।

VIEWS: 209