प्राविधिक शिक्षातर्फ दुई थामी विद्यार्थीलाई पुर्ण छात्रवृत्ति

Wednesday, August 29th, 2018 |

−प्रकाश थामी


१३ भदौ, काठमाण्डौँ । अतिसिमान्तकृत थामी समुदायका दुई विद्यार्थी प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तीमा नाम निकाल्न सफल भएका छन् । उनीहरुले प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद (सिटिईभिटी) को छात्रवृत्तीका लागि प्रतिस्पर्धा मार्फत नाम निकालेका हुन् ।

नाम निकाल्नेमा दोलखा भिमेश्वर नगरपालिका १, सुस्पाक्षमावतीकी मिनु थामी र ईलाम जिल्ला सुर्योद्धय नगरपालिका १२ की विनिता थामी रहेका छन् । अब बिनिताले डिप्लोमा नर्सिङ र मिनुले डिप्लोमा कम्प्युटर ईञ्जिनियरिङ पुर्ण छात्रवृत्तीमा अध्ययन गर्न पाउनेछन् ।
एसईईमा समेत राम्रो नतिजा ल्याएका उनीहरुले प्राविधिक शिक्षाको महत्वपुर्ण विषयतर्फको छात्रवृत्ती परिक्षा पनि उतिर्ण गरेका हुन् ।

सिटिईभिटीले अध्ययनका लागि बिनितालाई झापाको दमक स्थित लाईफ लाईन हस्पिटल र मिनुलाई अक्सफोर्ड एडभान्स ईन्जिनियरिङ कलेज काठमाण्डौमा सिफारिस गरेको छ ।

VIEWS: 1610