बिप्लव समुहप्रति सरकार आक्रामक, नेतृ उमा भुजेल पनि पक्राउ
Tuesday, August 28th, 2018 | krishak khabar
१२ भदौ, काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहप्रति सरकार आक्रामक बनेको छ । प्रवक्ता खड्ग बहादुर विश्वकर्मा पक्राउ परेको केही समय लगत्तै पोलिटब्यूरो सदस्य उमा भुजेल पनि पक्राउ परेकी छन् ।
भुजेललाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार प्रहरीले उनलाई आगजनी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको हो ।
भुजेल सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी नेतृ हुन् । उनी पहिलो संविधानसभामा समानुपातिक सभाषद समेत बनेकी थिइन् ।
माओवादी विभाजनको क्रममा नेतृ भुजेल मोहन बैद्य समुह हुँदै हाल नेत्रविक्रम चन्द नेतृत्वको नेकपामा सक्रिय छन् ।
ताजा खबर
एउटै गाउँबाट २ करोडको तरकारी निकासी
Sunday, May 7th, 2023
कृषि उत्पादनमा जापानी प्रविधि सहितको तालिम
Friday, May 5th, 2023
दाङबाट जडीबुटी निकासीमा कमी
Monday, April 24th, 2023
अण्डाले मुल्यपाउन थाल्यो
Tuesday, April 18th, 2023
परम्परागत प्रविधि लोप हुदै
Wednesday, April 12th, 2023
गहुँ थ्रेसिङ महँगो हुँदा किसानलाई समस्या
Monday, April 10th, 2023
रैथाने बाली खरिद गदै गाउँपालिका
Friday, March 31st, 2023
मालारानीका किसान मौरीपालनमा आत्मनिर्भर बन्दै
Wednesday, March 29th, 2023
आँपको फूलमा मधुवा रोग लागेपछि किसान चिन्तित
Monday, March 27th, 2023
रासायनिक मलमा दिदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
Monday, March 20th, 2023