शैक्षिक प्रमाणपत्र धितो राखेर युवाहरुले पाउन थाले ऋण

Tuesday, August 28th, 2018 |

१२ भदौ, मुगु । बेरोजगार युवाहरुले आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउन थालेका छन् । सरकारले आफ्नो निति तथा कार्यक्रममा शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण उपलव्ध गराउने गरेको घोषणा कार्यान्वयनमा आउन थालेको हो । मुगुको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका वसन्त विकले शैक्षिक प्रमाणपत्र धितो व्यावसाय सञ्चालनको लागि निब्र्याजी २ लाख ऋण पाए ।

जनरल हेल्थ अध्ययन गरेर कतै रोजगार नपाएपछि आयआर्जनको निम्ति छायाँनाथ बचत तथा ऋण सहकारी संस्थामा आफ्ना सक्कल शैक्षिक योग्यताका प्रमाणपत्र धितो राखेर २ लाख ऋण लिएर किराना पसल सञ्चालन गर्न थालेका छन् ।

दुस्खगरी पढेर रोजगार नपाएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर २ लाख ऋणले दिगो व्यावसाय सञ्चालन गर्ने वसन्तले बताए ।
मुगुमा उनीसँगै ३५ वर्षभन्दा मुनिका दिपक कार्की, जीवन कार्की लगायत ४ जना युवाले पहिलो पटक मंगलबार छायाँनाथ बचत तथा ऋण सहकारी संस्थाबाट आयआर्जनको लागि प्रति व्यक्ति दुई लाख रुपैया शैक्षिक लोन प्राप्त गरेका छन् ।

नेपाल सरकारको निति तथा कार्यक्रम अनुसार राष्ट्रिय युवा परिषद् मुगुका ४ जना युवालाई व्यावसाय सञ्चालनको निम्ति छनौट गरी सहकारी संस्थालाई ऋण उपलब्ध गराउन सिफारिस गरेको छ ।

सहकारी संस्थाका कोषाध्यक्ष हरिबहादुर शाहीका अनुसार जिल्लामा प्रथम पटक युवाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर व्यावसाय सञ्चालन गर्न ऋण प्राप्त गरेका हुन् ।

VIEWS: 694