वाह…यस्तो देखियो, चरिकोटको गाईजात्रा…(हेर्नुस् फोटो र भिडियो)

Monday, August 27th, 2018 |

११ भदौ, दोलखा । बर्षमा एक दिन मनाईने गाईजात्रा पर्व दोलखामा पनि सोमवार धुमधामसँग मनाईयो । प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, तथा मृत व्यक्तिको सम्झनामा मनाईने यो पर्व दोलखामा विशेष रुपमा मनाईन्छ ।

दिवङ्गत आफन्तहरूको सम्झना तथा उनीहरूको आत्म शान्तिको कामना गर्दै दोलखा सदरमुकाम चरिकोटमा गाईजात्रा प्रदर्शन गरियो । साँस्कृतिक सम्पदाले भरिपुर्ण दोलखा सहरमा गाईजात्रालाई बिशेष पर्वका रुपमा मनाउने गरिन्छ ।

हरेक बर्ष दोलखाको ऐतिहासिक एवँ प्राचिन सहर दोलखा र सदरमुकाम चरिकोटमा गाईजात्रा पर्व बिशेष हर्षोउल्लास पूर्वक मनाउने गरिन्छ । गाईजात्राको भोली पल्टवाट दोलखामा पाँच दिन सम्म चल्ने एतिहासिक पुरानो भैरवकुमारी जात्रा शुरु हुने गर्दछ ।

यसैगरी सदरमुकाम चरिकोटमा विभिन्न समूहले लाखे नाच, राजनितिक व्यङग, मारुनी नाच लगाएत प्रर्दशन गरेका छन् । गाईजात्रा हर्ने दोलखाका गाउँगाउँवाट दर्शकहरु सदरमुकाम चरिकोट र दोलखा वजार आउने गर्छन् ।

गाईजात्राको अवसरमा सोमवार चरिकोटमा देखिएका दृश्य भिडियो र फोटोमा हेर्नुहोस् ।

फोटो : दिपशंकर चौलागाई, सन्तोष राउत, भिडियो : प्रभु जिरेल

VIEWS: 1561