देउरालीबासि जुटे एम्बुलेन्स खरिद गर्ने अभियानमा
१० भदौ, गोरखा । गोरखा सुलिकोट गाउँपालिका ७, देउरालीका स्थानीयबासि एम्बुलेन्स खरिद गरि संचालन गर्ने अभियानमा जुटेका छन् । वडा कार्यालयले एम्वुलेन्स खरिदका लािग ४ लाख रुपैयाँ बजेट बिनियोजन गरेपछि थप बजेट जुटाउन स्थानीय आफै सक्रिय भएका हुन् । वडा अध्यक्ष कृष्ण गुरुङले सर्बसाधरणको स्वास्थ्यपचार सुबिधालाई प्राथमिकतामा राखेर उक्त बजेट छुट्याएको र थप बजेट जुटाउन आर्थिक संकलन अभियान चलिरहेको जानकारी दिए ।
समाजसेवी ठाकुर धितालका अनुसार हालसम्म करिब १० लाख सहयोग रकम प्राप्त हुने प्रतिवद्धता आईसकेको छ । विरामीलाई अस्पतालसम्म पुर्याउन स्थानीयले सास्ती बेहाुर्नुपरेपछि एन्बुलेन्स खरिद गर्न स्थानीय आफै कम्मर कसेर लागेका हुन् । देउरालीलगायत पन्द्रुङसहित बारपाक सुलिकोट गाउँपालिकाका सबै गाउँहरु, त्यसवरपरका आरुपोखरी, आरुआर्वाङ, मसेललाई समेत उक्त सेवाबाट प्रत्यक्ष लाभ हुने हुदा अभियान चलाएको छोटो अवधिमा नै यति धेरै सहयोगको प्रतिवद्धता प्राप्त भएको उनले बताए ।
करिब १५ लाख रकम संकलन भएपछि एम्बुलेन्स खरिदको लागि आवश्यक प्रक्रिया बढाईनेछ, अर्का अभियन्ता देबी अंगाईले भने, यो मानवीय सेवामा सबैलाई सहयोगको लागि अपिल गर्छु । एम्वुलेन्स खरिद अभियानमा गाउँपालिका, ७ नम्वर वडा र देउराली स्वास्थ्य कार्यालयले प्रत्यक्ष सहयोग पुर्याएका छन् ।
अभियानमार्फत संकलित रकम जम्मा गर्न र एम्बुलेन्स खरिद गरि संचालन गर्न वार्ड अध्यक्ष कृष्ण गुरुङ अध्यक्ष रहनेगरी देउराली स्वास्थ्य चौकि प्रमुख भिमसेन धिताल सचिव र समाजसेवी बिनिता श्रेष्ठ कोषाध्यक्ष भएको समिति समेत गठन गरिएको छ । सहयोग रकम राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाको खाता नं ३०६००४०२४३१० मा रकम जम्मा गर्नसक्ने अभियन्ता सुलभ अंगाईले जानाकारी दिए ।
यसैगरी सहयोग संकलनको लागि जनसाहरा युवा क्लबका अध्यक्ष संजित बरामको संयोजकत्वमा पनि समिति बनेको छ । सकभर छिटो सहयोग संकलन गरी एम्बुलेन्स खरिद गर्न वडा अध्यक्ष गुरुङ, स्वास्थ्य प्रमुख भिमसेन धिताल, समाजसेवीहरु ठाकुर धिताल, देबि अंगाई, सुलभ अंगाईलगायत सक्रिय रहेको सामाजिक अगुवा नरबहादुर गुरुङले जानकारी दिए ।