प्रवास भिजनले यसरी सम्भव तुल्याउँदैछ, स्वदेशमै उत्पादन र रोजगारी

नयाँ प्रबिधिबाट एक सय बढि घर बन्दै

Sunday, August 26th, 2018 |

–अनु थामी


१० भदौ, दोलखा । रोजगारीका लागि नेपालका अधिकांस युवाहरु विदेश पलायन हुनुपर्ने वाध्यता विद्यमान छँदैछ, तर विदेशमा आर्जन ज्ञान, सिप र पुँजीलाई स्वदेशमा कसरी प्रयोग गर्ने भन्ने बारे पनि धेरै युवाहरु अन्यौलमै गुज्रिरहेको भेटिन्छन् । अब उक्त अन्यौल हटाउने थलो बनेको छ, प्रवास भिजन ईन्भेष्टमेन्ट प्राली ।

प्रवासि नेपालीहरुको अगुवाईमा सुरु भएको यो कम्पनीले अहिले धेरै उत्पादन र स्वरोजगारमुलक कामहरु गरिरहेको छ । कम्पनिले हाल दोलखा लगाएतका जिल्लामा भुकम्प प्रतिरोधात्मक घरहरु पुर्ननिर्माणको क्षेत्रमा अभियान चलाईरहेको छ । जसअनुसार दोलाखाको उतरी क्षेत्र सिगटि, बाब्रे, बुलुङ्ग हुँदै सुन्द्रावती, क्षमावती, माटी, किराँतीछाप, मकैबारी, दोलखा, सुनखानी, भेडपु हुँदै छिमेकी जिल्ला रामेछाप सम्म सेवा प्रवाह गर्दैछ ।

कम्पनीका निर्देशक विजय दुलालका अनुसार हालसम्म ५० वटा भन्दा बढी घरहरु निर्माण कार्य सम्पन्न भैसकेको छ भने ६० ओटा भन्दा बढी घरहरु निर्माणधिन अबस्थामा छन् । प्रवास भिजनले इन्टरलक इट्टा कारखाना तथा पुनःनिर्माण अभियानका क्रममा अहिले १२५ जना ब्यक्तिहरुलाई रोजगारी दिईरहेको दुलालले जानकारी दिए ।

कम्पनीका अध्यक्ष हरि बहादुर खत्रीले बैदेशिक रोजगारीलाई अन्त्य गरि स्वदेश फर्किएपछि आर्जित सीप र पुँजीलाई स्वदेशमा लगानी गर्ने मैत्रीपूर्ण वातावरण प्रवास भिजनले तयार गरेको बताए । त्यतिमात्रै होईन, लगानीको मैत्रीपुर्ण वातावरण बनाउनुका साथै कम्पनीले स्वदेशमै रोजगारीको अवसर समेत सिर्जना गरेको छ, अध्यक्ष खत्रीले भने, त्यसमा हामी धेरै खुसि छौँ ।

बिदेशबाट फर्किएपछी के गर्ने भनी अलमलमा रहेका पुर्व प्रवासी साथीहरुका लागि यो कम्पनी एउटा भरपर्दो माध्यम बनेको उनले सुनाए ।

देशको मुख्य युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न स्वदेशमै श्रमशिल बनाइ स्वरोजगार अभियानमा उत्प्रेरित गराउने आगामी कार्यक्रम रहेको कम्पनी संचालकहरुले बताएका छन् ।

प्रदेशमा रहदा फेसबुक मेसेन्जरको माध्यमबाट एक आपसमा जोडिएका १४ वटा भन्दा बढी देशमा रहेका प्रवासी दोलखालीहरुको संयुक्त लगानीमा कम्पनी खडा भएको हो ।

आगामी दिनमा स्थानीय सरकार र जनप्रतिनीधिहरुसँग सहकार्य र समन्वय गरी थप उत्पादन तथा स्वरोजगारमुलक अभियान अघि बढाउने कम्पनीको निती छ ।

कम्पनीका निर्देशक दुलालका अनुसार त्यत्तिकै खेर गैरहेको खेतीयोग्य जमिनलाई बिस्तारै सदुपयोग गर्दै लैजाने लक्ष्य पनि राखिएको छ ।

स्वदेशमा नै केही गरौँ, स्वदेशमा नै श्रम र पसिना बगाई आफ्नै ठाउँ हराभरा बनाउ, पुर्व प्रवासिहरुको स्वदेशमै रोजगार, स्वदेशी सान समृद्ध दोलखा हाम्रो पहिचान जस्ता नारा सहित यो कम्पनीले काम गरिरहेको छ ।

VIEWS: 889