समाजसेवीले गरिदिए, तामाकोशीमा सिंङ्गै गाउँबासिको सेयर लगानी

Saturday, August 25th, 2018 |

सबिता बुढाथोकी


९ भदौ, खोपाचागु। अष्टेलिया बस्दै आएका एक समाजसेवीले विगु गाउँपालिका ८ खोपाचागुका स्थानीबासिलाई तामाकोसि आयोजनामा सेयर प्रयोजन बापतको रकम सहयोग गरेका छन् । खोपाचागु घर भई हाल अष्ट्रेलिया बस्दै आएका समाजसेवी तथा ईन्जिनियर दिपक खड्काले स्थानीयलाई सेयरका लागि आवश्यक रकम उपलव्ध गराएका हुन् ।

समाजसेवी खड्काले खोपाचागुमा शनिवार आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम स्थानीय जनप्रतिनीधिलाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै समाजसेवी खड्काले आर्थिक अभावकै कारण माथिल्लो तामाकोसि आयोजनामा सेयर हाल्ने अवसरबाट बञ्चित हुन नपरोस् भन्ने उदेश्यले आफुले आर्थिक सहयोग उपलव्ध गराएको बताए ।

खोपाचागुका ७ सय २१ घरपरिवारका भुकम्पपिडितको लाभग्राही सुचीमा परेका स्थानीयलाई जनही ५ हजारका दरले उक्त रकम उपलव्ध गरिएको हो । प्रतिनीधिमुलक रुपमा अष्टेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा, प्रदेशसभा सांसद पशुपति चौलागाई र विशाल खड्का मार्फत आजै केही स्थानीयलाई रकम हस्तान्तरण गरियो ।

सहयोग वापत प्राप्त रकम स्थानीयलाई हस्तान्तरण गर्दै ३ नम्वर प्रदेश सांसद विशाल खड्का ।

बाँकीलाई विगु गाउँपालिका प्रमुख युधिष्ठिर खड्का, उपप्रमुख सञ्जिव ओली लगाएत जनप्रतिनीधिको रोहवरमा सेयर लगानीका लागि स्थानीयलाई वितरण गरिनेछ । कार्यक्रममा ३ नम्वर प्रदेश सभाका सांसादद्धय पशुपति चौलागाई, विशाल खड्का, नेपाली काग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्का लगाएतले सहयोग प्रशंसनिय कार्य भएको भन्दै धन्यवाद दिए । सेयर हाल्ने रकम प्राप्त भएपछि स्थानीयमा खुसियाली छाएको छ ।

उक्त सहयोग रकम स्थानीयलाई हस्तान्तरण गर्न समाजसेवी खड्का सहितको टोली हेलिकोप्टर मार्फत खोपाचागु पुगेको थियो । खड्काले यसअघि पनि विभिन्न समस्यामा पर्दै आएका सर्वसाधरणलाई सहयोग गर्दै आएका छन् । समाजसेवी खड्का अष्टेलियाको न्यु साउथ वेल्स राज्यका लागि नेपाली अबैतनिक बाणिज्यदुत समेत हुन् ।

VIEWS: 16158