बिमस्टेक सम्मेलनको तयारी पुरा, नेपाल र भारतबीच छुट्टै सम्झौता हुने

Friday, August 24th, 2018 |

८ भदौ, काठमाडौँ — यही भदौ १४ र १५ हुने बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाको प्रयास (बिमस्टेक) सम्मेलनको तयारी पुरा भएको छ । बिमस्टेक बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञावलीले सबै तयारी पुरा भएको बताएका छन्।

उक्त सम्मेलनको अवसरमा भारत र नेपालबीच छुट्टै दुई सम्झौता हुँदैछ । रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर तयारी भएको परराष्ट मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर हुने भएको हो । बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले बैठकमा आउने निधो गरी नेपाललाई जानकारी पठाइसकेको मन्त्री ज्ञवालीले बताए ।

बैठकमा बंगलादेशकी प्रधानमन्त्री शेख हसीना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति राष्ट्रपति मैथ्रिपाला सिरीसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका प्रधानमन्त्री वीन मिन्ट, भुटानका अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष छिरिङ तोग्वे सहभागी हुनेछन् । ‘श्रीलंकका राष्ट्रपती मैथ्रिपाला र म्यानमारका प्रधानमन्त्री वीन मिन्ट लुम्बिनी भ्रमणमा जाने कार्यतालिका तय भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति दर्शन गर्ने र धर्मशाला उद्घाटन गर्ने कार्यक्रम छ।

कनेक्टीभिटि, गरिबि निवारण, व्यापार र लगानी, जलविद्युत र जलवायु परिवर्तन सम्बन्धी ऐजेन्डामा कैठक केन्द्रित हुने बताईएको छ । यो संगठन सन् १९९७ मा स्थापना भएको हो । चार वर्ष अध्यक्ष भएको नेपाल आयोजक राष्ट्र हो।

VIEWS: 219