प्रधानमन्त्रीले भने : सरकारले राम्रो काम सुरु गर्दा रुवाबासि चल्न थाल्यो
६ भदौ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थोरै देखिने काम गर्दा केहीको रुवाबासि चलेको जिकिर गरेका छन् । अहिलेको सरकार टालटुले सरकार नभएर समृद्धिको सरकार भएको दावी गर्दै प्रधानमन्त्री ओलीले धेरै काम गर्न बाँकी रहेको बताए ।
कांग्रेसप्रति लक्षित गर्दै ओलीले– ‘प्रतिपक्षमा बस्नेले अब सधैँ प्रतिपक्षमानै बस्नु पर्ने दावी पनि गरे । देखिने काम थोरै गर्दा त देशमा कसै कसैको रुवावासी चलेको छ, धेरै काम गर्दै जाँदा झन के होला ? प्रश्न गर्दै उनले भने ।’
मोरङको पथरी बजारमा नेपकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसले ७ सालदेखि आफुले गरेको कामको समिक्षा गर्न छाडेर विरोधमा मात्र उत्रको बताए ।
स्थानीय निकायले देशभर कर बढाएको चर्चा बारे सरकारले अध्ययन सुरु गरेको भन्दै उनले सरकारले जाहेज कर उठाएर जनतालाई नै सेवा दिने योजना रहेको प्रष्ट पारे ।