सबै प्रदेशमा सञ्चारग्राम स्थापना हुन्छ : सञ्चारमन्त्री वास्कोटा

Monday, August 20th, 2018 |

४ भदौ । काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने बताएका छन् । बास्कोटाले सबै प्रदेशमा संचार ग्राम स्थापना गर्नेगरी यसै वर्षबाट बजेटको व्यवस्था गरिएको जानकारी दिए ।

संघीय संसद विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री बास्कोटाले भने, पत्रकारहरुलाई दक्ष बनाउन आवश्यक प्रशिक्षणसहितको कार्यक्रम सञ्चालन हुने गरी संचारग्राम स्थापना गर्ने पहल जारी छ ।
नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउने र विराटनगर, बुटवल, नेपालगंज लगायत देशका मुख्य सहरमा फोरजी सेवा संचालनमा ल्याउने योजना रहेको पनि उनले सुनाए ।

समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै नागरिकको पहुँचमा पुग्ने गरी सूचना प्रविधिको विकास गर्न सरकारलाई सचेत गराए । विकास र निर्माणको कामलाई स्वच्छ ढंगले सम्पादन गर्न सरकार गम्भिर बन्नुपर्छ उनले भने ।

समितिका अर्का सदस्य टोपबहादुर रायमाझीले दुर्गम भेगमा पनि गुणस्तरिय टेलिफोनको व्यवस्था गर्न मन्त्रीलाई आग्रह गरे । अर्का सदस्य महेन्द्रराय यादवले सरकारी संचारमाध्यामलाई विश्वसनीय बनाउन आग्रह गर्दै सूचनामा सबैको पहुँच पु¥याउनुपनेमा जोड दिए ।
समितिले स्थानीय सरकारलाई प्रविधि विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन ध्यानाकर्षण गराएको थियो ।

VIEWS: 412