नेकपाले कार्यदलहरुको प्रतिबेदन बुझाउने म्याद बढायो

Monday, August 20th, 2018 |

४ भदौ, काठमाडौं । पार्टी एकताका लागि गठन गरिएको कार्यदलको म्याद नेकपाले थप गरेको छ । यसअघि भोली ५ गतेसम्म कार्यदलहरुलाई प्रतिवेदन बुझाउने समयसिमा दिईएकोमा अन्तिम पटक भदौ ७ गतेसम्मको म्याद थप गरिएको हो ।

नेकपा सचिवालयको सोमबार बसेको बैठकले कार्यदलहरुलाई तोकिएको अन्तिम समयसिमा भित्र प्रतिबेदन बुझाउन समय दिएको नेताहरुले जानकारी दिएका छन् । कतिपय कार्यदलले रिपोर्ट नदिएकाले अन्तिम पटक भदौ ७ गतेसम्म म्याद दिईएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ’

नेताहरुका अनुसार पार्टी एकताका लागि प्रदेश स्तरमा गठन भएका कार्यदलको प्रतिवेदन आईसकेको छैन । विशेषगरी अन्य प्रदेशबाट प्रारम्भिक रिर्पोट आएपनि १ र २ बाट आउन बाँकी रहेको श्रेष्ठले बताए ।

सोमवार बसेको सचिवालय बैठकले भदौ ८ र ९ गते बस्ने भनेको स्थायी कमिटीको बैठक १९ र २० गतेका लागि सारेको छ ।

VIEWS: 340