पुर्व राजदुत झाको यसरी गरियो हत्या

Monday, August 20th, 2018 |

४ भदौँ । काठमाडौँ — फ्रान्सका लागि नेपालका पूर्व राजदूत ८० वर्षीय केशवराज झाको हत्या भएको छ । उनको काठमाडौंको थापाथली स्थित घर भित्रै छुरी प्रहार गरी हत्या भएको हो ।

उनलाई बिहान घर भित्र मृत अवस्थामा फेला पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।

उनका अनुसार उनको टाउकोमा छुरी प्रहार भएको चोट छ । उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । घटनाबारे बिहान साढे ६ बजे परिवारले थाहा पाए पछि प्रहरीलाई खबर गरेका थिए।

थप अनुसन्धानका लागि घटनास्थलमा महानगरीय प्रहरी अपराध महाशाखाको टोली खटिएको छ । पपराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गरेका झा फ्रान्सको राजदूत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त भएका हुन्।

VIEWS: 502