नेकपा दोलखाको यस्तो छ, प्रस्तावित सचिवालय र जिल्ला कमिटी (हेर्नुस् नामावली सहित)
४ भदौ । दोलखा । नेकपा दोलखाको पार्टी एकिकरण कार्यदलले झण्डै ४ दर्जन जिल्ला सचिवालय अनुमोदन गर्न माथिल्लो निकायमा सिफारिस गरेको छ । पुर्व एमाले र माओवादी केन्द्रको अन्तिम छुट्टाछुट्टै सचिवालय बैठकपछि कार्यदलले सिफारिस गरेको नामावली साझावोलीलाई प्राप्त भएको छ ।
आन्तरिक पार्टी पंक्तिमा तिब्र असन्तुष्टिका बीच कार्यदलले गरेको सिफारिस केही फेरबदल सहित छिट्टै पार्टीको प्रदेश हुँदै स्थायी कमिटीले अनुमोदन गर्ने तयारी छ । नेकपा दोलखाको पुर्ण जिल्ला कमिटि १ सय ३५ सदस्यीय हुनेछ भने त्यसको एक तिहाई सचिवालय बन्नेछ ।
जस अनुसार जिरी नगरपालिकाबाट ४ जना, बैत्यश्वर गाउँपालिकाबाट ६ जना, गौरीशंकर गाउँपालिका ५, विगु गाउँपालिका १, कालिञ्चोक गाउँपालिका ७, भिमेश्वर नगरपालिका ४ जनाको नाम सचिवालयमा परेको छ । यस्तै शैलुंग गाउँपालिका ५, मेलुंग गाउपालिका ६ र तामाकोसि गाउँपालिकाबाट ७ जनाको नाम सिफारिस गरिएको स्रोतले बतायो ।
नेकपा दोलखाको अध्यक्षमा पुराना पुर्व एमाले नेता भिम प्रसाद दाहाल र सचिवमा कुल बहादुर बुढाथोकीलाई पहिलो नम्वरमा राखेर सिफारिस गरिएको छ । अध्यक्ष र सचिव दाहाल र बुढाथोकी नै हुने करिव निश्चितप्रायः छ ।
कार्यदलको सिफारिस प्रति केही नेता कार्यकर्ताहरुले सामाजिक संजालमा पार्टीको सदस्यता परित्याग सहित तिव्र असन्तुष्टि सार्वजानिक गरेका छन् । यद्यपी कार्यदलका सदस्यहरुले सबैको चित्त बुझाउन सक्ने अवस्था नरहेको भन्दै असन्तुष्टि स्वभाविक रहेको बताउँने गरेका छन् ।
कार्यदललाई भोलीसम्म नामावली फेरबदल गर्नसक्ने समयसिमा दिईएको छ । जसका कारण जिल्ला र प्रदेशका नेताहरु राजधानी भित्र र बाहिर दिनहँु बैठकमा व्यस्त छन् । नेकपाले आगामी साउन ८ र ९ गते स्थायी समिति बैठक मार्फत प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकता गर्न गठित कार्यदलको प्रतिवेदन अनुमोदन हुनेछन् ।
पुर्व एमाले तर्फ :
जिरी नगरपालिका : मित्र जिरेल, शान्ती पाख्रिन,
बैतेश्वर गाउँ पालिका : भिम दाहाल, ऋषिकेश उप्रेती, प्रेम कुमारी चौलागाईं, हर्कमान पाख्रीन
गौरिशंकर गाउँपालिका : उर्मिला थामी
बिगु गाउँपालिका : सुन्दर विक, ठुला थामी,
कालिन्चोक गाउँपालिका : होम पाठक, कालिका पाठक, डबल पाण्डे
भिमेश्वर नगरपालिका : हरिवंश चौलागाईं, भरत केसि, भुवन केसि
सैलुङ्ग गाउँपालिका : भुवनसिंह थापा, भरत दुलाल, धन बहादुर तामाङ्ग
मेलुङ्ग गाउँपालिका : रबिन्द्र कार्की, धर्मेन्द्र मोक्तान, हिरा थोकर, नर बहादुर श्रेष्ठ, गोपाल न्यौपाने
तामाकोशी गाउँपालिका : जिवस खडका, पुर्णप्रताप केसी , बाबुकाजी कार्की
पुर्व माओवादी तर्फ :
जिरी नगरपालिका : नवीन जिरेल
बैतेश्वर गाउँपालिका : सुब्बा श्रेष्ठ, लक्ष्मण खडका
गौरिशन्कर गाउँपालिका : विश्वास कार्की, बलराम खडका, निमा तामाङ्ग, शान्खानिमा शेर्पा
बिगु गाउँपालिका : छैन
कालिन्चोक गाउँपालिका : कुल बहादुर बुढाथोकी, रिता रिमाल, राम पाण्डे, वर्जुराम घतानी
भिमेस्वर नगरपालिका : मोहन थापा
शैलुङ्ग गाउँपालिका : रिमालबाबु श्रेष्ठ, कमल श्रेस्ठ
मेलुङ्ग गाउँपालिका : कृष्ण बहादुर कार्की,
तामाकोशी गाउँपालिका : उपेन्द्र अधिकारी,बासुदेब पोखरेल, शम्भु फुयाल, सन्तोष केसि
जिल्ला कमिटिमा सिफारिस नामावली :
कार्यदल स्रोतका अनुसार टंक जिरेल, माधव प्रसाद घिमिरे, शान्ति माया तामाङ, हरि जिरेल, लक्ष्मण गुभाजु, केशव चौलागाई, डवल तामाङ, देवी शर्मा फुयाँल, मेघराज पोखरेल, शान्त केसी, नारणध्वज खड्का, बसन्त थापा, चिरञ्जीवी मास्के, अम्विका गोले, प्रेम तामाङ, विदुर शर्मा, छत्र उप्रेती, गुण बहादुर बुढाथोकी, धावा वाङगेल लामा, इश्वर न्यौपाने, थिर बहादुर मोक्तानको नाम प्रस्ताव गरिएको छ ।
यस्तै कुमार विश्वकर्मा, रमेश ठकुरी, माधवलाल कायस्थ, घनश्याम रिजाल, टेक घतानी, तेज बहादर खाती, प्रविण प्रधान, लालमाया योञ्जन, कृष्ण बस्नेत, विनक्ुमार थामी, राजेन्द्र मानन्धर, गणेश शिवाकोटी, हरि ओली, मकरध्जव पाख्रिन, रोहित खड्का, टंक खाती, लोक बहादुर नेपाली, प्रविण खड्का, सोयम बहादुर खड्का, जंग बहादुर गुरुङ, महाराज गुरुङ, मिङगुर शेर्पा, जंग बहादुर गुरुङ, छिरिङ शेर्पा, टपेन्द्र खड्का, गोमा केसी, ईश्वर थापा, सन्जीव ओली, रविचन्द्र आचार्य, नवराज अर्याल, दावा शेर्पा, छिरिङ शेर्पा राम ढुङगेल , चन्द्र कुमार लामा, रुकमणी शिवाकोटी, कमला कार्की, राजु शर्मा, बुक्ताम तामाङ, मिन कुमार शिवाकोटी, तारानाथ चैलागाई, प्रभाकर श्रेष्ठ, जित कुमार मोक्तान, भक्त जिरेल, विष्णु पाख्रिन, पुष्कर कुमार अधिकारी, लक्ष्मण थामी, छोनाम्गेल तामाङ, छिरिङ लामा, वैकुण्ठ भण्डारी, चुडामणी घिमिरे, शम्भु थामी, तेज बहादुर गोले, मनिका फुयाँल, गेल्वु शेर्पा, मालती जिरेल, छिरिङडोमा शेर्पा, छत्र कुमारी कार्की, बाल कुमार दहाल, बिपना गिरी, कृष्ण पाख्रिन, शान्ता नेपाली, दल पाठक, ढाल बहादुर तामाङ, सुशिला सोडारी लगाएतको नाम कार्यदलले सिफारिस गरेको बताईएको छ ।