कांग्रेस सभापति देउवा भन्छन्– मुलुकमा कम्युनिष्ट अधिनायकवाद सुरु भयो
८ बैशाख, काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादको अभ्यास सुरु भएको भन्दै एकजुट भएर प्रतिकार गर्ने बताएका छन् ।
मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको सुरुवात हुन लागेको भन्दै देउवाले त्यस्तो अधिनायकवाद र सर्वसत्तावादी कम्युनिष्ट पार्टीको खिलापमा कांग्रेस एकजुट भएर लाग्ने बताए । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतलाई प्रधानमन्त्री कार्यालय मातहत राख्नु अधिनायकवादी शासन व्यवस्थाको अभ्यास भएको आरोप लगाए ।
आरोप प्रत्यारोप र गुटबन्दी गर्ने काम बन्द गरेर एकदलीय सार्वसत्तावादविरुद्ध एकजुट हुन पनि उनले आहृवान गरेका छन् ।
पत्रपत्रिका ओलीविरुद्ध लेख्न डराइसके, उनले भने, अब हामीले सर्वसात्तावादी कम्युनिष्ट शासनको खिलापमा लडेर नेपाललाई पूर्णप्रजातान्त्रिक देश बनाउनुपर्छ ।’
प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्नेमा देउवाले जोड दिए ।