सरकारी निर्णय विरुद्ध जनजाति महासंघले राजधानीमा प्रदर्शन गर्दै

साँस्कृतिक पर्वको विदा कटौटी फिर्ता लिन माग

Friday, April 20th, 2018 |

७ बैशाख, काठमाडौं–नेपाल आदिवासी, जनजाति महासंघले साँस्कृतिक पर्वमा दिँदै आएको विदा कटौतीको विरोधमा शुक्रवार राजधानीमा प्रदर्शन गर्दैछ ।

महासंघले सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौतिको निर्णय फिर्ता गर्न माग गर्दै दवाव स्वरुप प्रदर्शन गर्न लागेको हो । शुक्रवार दिउँसो १ बजे माईतीघर मण्डलामा हुने विरोध प्रदर्शनमा सहभागि हुन महासंघले सम्पुर्ण आदिवासि जनजाति समुदायलाई आव्हान गरेको छ । महासंघका अध्यक्ष जगत वरामले आदिवासि जनजाति समुदायको विपक्षमा सरकार पेचिलो बन्दै गएकाले पछिल्लो जनविरोधी निर्णय फिर्ता गराउन आन्दोलनमा उत्रिनुपरेको बताए ।

सरकारका पछिल्ला निर्णयहरु निरंकुश महेन्द्रकालिन युगको झझल्को दिने खालको रहेको भन्दै उनले त्यसको शसक्त प्रतिवादमा उत्रन उनले अपिल गरेका छन् ।

तमु ल्होछार, सोनाम ल्होछार, ग्याल्पो ल्होछार, माघी, माघे सक्रान्ती, उद्यौली, उभौली लगाएतका साँस्कृतिक पर्वहरुको सार्वजानिक विदा कटौतीको विरोधमा महासंघ आन्दोलनमा छ । आदिवासि जनजाति अभियान्ता नर बहादुर गुरुङले साँस्कृतिक पहिचानको रक्षार्थ एकताबद्ध भएर आन्दोलनमा उत्रनुपर्नेमा जोड दिए ।

VIEWS: 443