स्थानीय तहका अधिकारीहरुको विदेश भ्रमणमा रोक

संघिय सरकारको अनुमति लिनुपर्ने

Wednesday, April 4th, 2018 |

२१ चैत, काठमाडौं । सरकारले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई विदेश भ्रमणमा जान कडाई गरेको छ ।

सरकारले संघिय सरकारसँग अनुमति लिएर मात्रै विदेश भ्रमणमा जान निर्देशन दिँदै विदेश भ्रमणमा अंकुश लगाएको हो । स्थानीय तहबाट नै निर्णय गरेर विदेश भ्रमणमा जाने क्रम बढेपछि सरकारले यस्तो निर्देशन दिईएको जनाएको छ । यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेको छ । उक्त निर्णय अनुसार स्थानीय तहका अधिकारीहरुले अब हुने विदेश भ्रमण गर्दा मन्त्रालयबाट स्वीकृत लिनुपर्नेछ ।

यसैविच मन्त्रालयले यसअघि भएका भ्रमणहरुको सबै जानकारी पनि उपलब्ध गराउन पनि स्थानीय तहलाई निर्देशन दिएको छ । निर्देशनमा कुन स्रोतबाट विदेश भ्रमण गरिएको हो भन्ने खुलाउन भनिएको छ ।

‘स्थानीय तहका अधिकारीहरुमा विदेश भ्रमण मोह निकै बढेर गएको, आफ्ना आफन्त र पार्टीका मान्छे पनि लिएर जम्बो टोलीमा विदेश जानेहरु पनि बढ्दै गएकाले कुटनीतिक मर्यादाका विषयहरु व्यवस्थित गर्न यस्तो निर्णय गरिएको हो, मन्त्रालयका एक अधिारीले भने।’

विदेश भ्रमणका नाममा स्थानीय तहको स्रोतको दुरुपयोग भएको ठहर समेत मन्त्रालयले गरेको छ । मन्त्रालयले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका तयार गरेर मन्त्रिपरिषद्मा पेश गरेको छ ।

VIEWS: 300