दुर्गम गाउँको जनगुनासो सुन्दै मन्त्री विना मगर

Wednesday, April 4th, 2018 |

२१ चैत्र, कञ्चनपुर । खानेपानी तथा सरसफाई मन्त्री विना मगर जनगुनासो सुन्न दुर्गम गाउँ पुग्न थालेकी छन् । मन्त्री मगरले मंगलवार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको दुर्गम लालझाडी गाउँपालिकामा पुगेर स्थानीय जनताको समस्या र गुनासो सुन्दै सम्वोधन गर्ने प्रतिबद्धता जनाईन् ।

त्यहाँ गाउँपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले गाउँमै सुविधा पुग्ने गरि काम गर्ने बताएकी हुन् । लालझाडीका समस्याबारे आफू जानकार रहेको बताउँदै उनले बाटोघाटो, नदी कटान, हात्ती आतंक लगायतका समस्या समाधान हुनेगरी पहल गर्ने गर्ने बचन दिएकी छन् ।

दुर्गम गाउँबस्तीका ठुला समस्या समाधानका लागि गुरुयोजना नै बनाएर काम गर्नुपर्नेछ, उनले भनिन् ।
मन्त्री बनेपछि पहिलो पटक गाउँपालिकामा पुगेकी मन्त्री मगरलाई स्थानिय जनप्रतिनिधी, राजनितिक दल, कर्मचारी र स्थानीयबासिले भव्य स्वागत गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले सुदुरपश्चिमले संघिय सरकारमा पनि एक जना महिला मन्त्री पाउनु खुसिको कुरा रहेको भन्दै स्थानीय समस्या सम्वोधनका लागि ज्ञापन पत्र बुुझाएका छन् ।

VIEWS: 357