यस्तो छ, बादलको ८२ बुँदे प्रशासन सुधार योजना (पुर्णपाठ)
१९ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना घोषणा गरेका छन् । गृह मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित सोमवार एक समारोहको आयोजना गरी गृहमन्त्री बादलले कार्ययोजना सार्वजनिक गरेका हुन् ।
कार्य योजनामा राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लार्इ प्राथमिकता दिईएको छ ।
हरेक स्थानीय तहमा एउटा सुरक्षा पोष्ट स्थापना गर्ने, निजामति र प्रहरीतर्फको जनशक्ति व्यवस्थापन तथा सेवा प्रभावकारी बनाउने, सुरक्षा निकायलाई सूचना प्रविधिमैत्री बनाउने, विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण स्थापना गर्न पहल गर्ने र सुशासन प्रबर्द्धन गर्ने विषय पनि कार्ययोजनामा उल्लेख छ ।
साथै, ड्रोनको प्रयोग गरेर अब सीमा क्षेत्रको निगरानी गरिने समेत उल्लेख गरिएको छ ।
‘भारततर्फ एकरएक किलोमिटरमा सुरक्षागढ राखिएका छन्’, गृहमन्त्रीले कार्ययोजना सार्वजनिक गर्दै भनेका छन्, ‘नेपालतर्फ २५ किलोमिटरको दुरीमा सुरक्षा पोष्ट छन् ।
पढ्नुस् कार्ययोजनाको पूर्णपाठ
https://drive.google.com/file/d/0BwDZ_b5-jYDIa3QxT3NtMEtna29OdlQxamRvS20zN3NicXhJ/view