प्रधानमन्त्रीको भारत भ्रमण अघि नै पार्टी एकता टुंग्याउने प्रस्ताव

Saturday, March 24th, 2018 |

१० चैत, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्रीको आसन्न भारत भ्रमण अघिनै पार्टी एकता गर्नेबारे छलफल भएको छ । पार्टी एकता संयोजन समितिको आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफ्नो आसन्न भारत भ्रमण अघि पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका हुन् ।

प्रधानमन्त्री ओली यही चैत २३ मा भारत जाँदै छन् । भ्रमण मितिको औपचारिक घोषणा नभएपनि भ्रमण राजकीय हुनेछ ।

स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले माओवादी केन्द्रका नेताहरुसामू आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता टुंगो लगाउने गर्ने प्रस्ताव राखेका छन् ।

यसअघि नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन १० बैशाखमा एकता घोषणा गर्ने बताएका थिए ।

७ फागुनमा सातबुँदे सहमति भएको थियो, जसमा एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद(लेनिनवाद’ राख्ने उल्लेख छ ।

नेताहरुले कार्यदलमा छलफल अन्तिम चरणमा पुगेको र केही दिनमा शीर्ष नेताहरु रहेको पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउने दाबी गरेका छन् ।

VIEWS: 278