अधिकारवादी संस्थाहरुको ठहर–रिताको मृत्यु शंकास्पद

Saturday, March 24th, 2018 |

१० चैत्र, काठमाण्डौँ ।
काठमाण्डौँ स्थित सानिमा बैंकका अफिसर बवि सिंह गडतौलाको घरमा मृत भेटिएकी वालिका रिता थामीको मृत्यु पुरै शंकास्पद रहेको अधिकारबादी संघ संस्थाले ठहर गरेका छन् । केन्द्रिय वाल कल्याण समिति ललितपुर, कानुनी सहायता तथा परामर्श केन्द्र (ल्याक), ईन्सेक, सिविन, बाल हेल्पलाईन नेपाल लगाएतका अधिकारवादी संघ संस्थाले घट्ना रहस्यमय रहेको ठहर सहितको प्रतिवेदन सार्वजानिक गरेका हुन् । ती संघ संस्थाहरुले स्थलगत अध्ययनसहितको प्रतिवेदन प्रहरीलाई बुझाउँदै घट्ना शंकास्पद रहेकाले गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह समेत गरेका छन् ।

केन्द्रिय बाल कल्याण समिति ललितपुरका देवी प्रसाद डोटेलले घट्नाको समग्र अध्ययन गर्दा वालिकाको मृत्यु धेरै रहस्यमय रहेको निष्कर्षमा पुगिएको बताए । “हामीले घट्नाबारे गम्भिर अध्ययन गर्यौँ, घट्नाको प्रकृति हेर्दा आत्माहत्या नभई अरुनै कारणले वालिकाको मृत्यु भएको हुनसक्छ, उनले भने ।”

आधा दर्जन वढि अधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले गरेको अध्ययन प्रतिवेदनमा घट्ना लगत्तै प्रहरीलाई जानकारी नगराउनु, अस्पतालको पोष्टमार्टम रिर्पोटमा आत्माहत्या हो भनेर नखुल्नु, घट्नामा आरोपित बविसिंह गड्तौला परिवारको वयान फरक फरक आउनु आदि कारणले घट्ना रहस्यमय रहेको उल्लेख छ ।

अधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले प्रहरीको अनुसन्धान प्रक्रिया प्रतिनै असन्तुष्टि पनि जनाएका छन् । बाल हेल्पलाईन नेपालका सागर भण्डारीले घट्नापछि शंकास्पद व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने र सरकारी वकिल मार्फत मुद्धा प्रक्रिया अघि बढाउनुपर्नेमा त्यसो नगरिएकोमा असन्तुष्टि प्रकट गरे ।

कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) का अधिवक्ता शकुन्ताला शर्माले पनि प्रहरीको अनुसन्धान चित्तबुझ्दो नभएको प्रतिक्रिया दिए ।
घट्नाको अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर टेकुले भने पोलिग्राफ र ल्यावटेस्ट रिर्पोट आएपछि घट्नाको कारण एकिन हुने दावी गरेको छ । उक्त रिर्पोट आउनुपर्ने भन्दै प्रहरीले अन्य अनुसन्धान प्रक्रिया समेत अघि बढाएको छैन । तर मृतकका परिवार तथा आफन्तजनले भने उक्त रिर्पोटपनि विश्वसनिय हुन नसक्ने भन्दै पिडकलाई हिरासतमा राखेर अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–१ की १४ बर्षिया वालिका थामी गत फागुन २६ गते नक्साल, भगवती बहाल स्थित गड्तौलाको घरमा

मृत भेटिएकी थिईन् । घट्नाबारे ठोस छानविन हुन नसकेपछि मृतक वालिकाको परिवार तथा आफन्तजनले शव अझै बुझेका छैनन् । वालिकाको शव महाराजगञ्ज स्थित शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।

VIEWS: 376