दोलखाबाट पहिलो पटक आर्थिक गणना सुरु हुँदै

Thursday, March 22nd, 2018 |

८ चैत्र, दोलखा । केन्द्रिय तथ्यांक विभागले दिगो आर्थिक विकासको आधारका लागि राष्ट्रिय आर्थिक गणना भन्ने मुल नाराका साथ पहिलो पटक दोलखाबाट आर्थिक गणना गर्ने भएको छ । नेपालको ईतिहाँसमै पहिलो पटक आगामी बैशाख १ गतेदेखि सुरु हुने राष्टिय आर्थिक गणना २०७५ का लागि स्गलगत तथ्यांक संकलन कार्यालयका नामले स्थापना भैसकेको छ ।

आर्थिक गणना जनगणना, कृषि गणना, जस्तै विशेष तथा आवधिक रुपमा सम्पन्न गरिने देशव्यापी कार्यक्रम रहेको आर्थिक गणना अधिकृत सन्तोष कार्कीले जानकारी दिए । उनका अनुसार राष्टिय आर्थिक गणना एक बृहत तथ्यांकिय क्रियाकलाप हो । दोलखा जिल्लाभर अस्तित्वमा वा क्रियाशील रहेका सबै व्यावसायिक आर्थिक एकार्ई, बस्त उत्पादन तथा सेवा पैदान गर्ने प्रतिष्ठान, व्यवसायमा पुगी गणनाको निर्धारित पैक्रिया अनुसार निर्धाति समय भित्र ती आर्थिक एकाईको विवरण संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवं वितरण गर्ने समष्टिगत प्रक्रियालाई आर्थिक गणनाको परिभाषामा राखिएको छ ।

प्रतिष्ठान तथा व्यवसायको व्यावसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्था र यसका वित्तिय पक्ष सहित आधारभुत तथ्यांक स्थानीय तहका सरकारलाई योजना तर्जुमा र नीति निर्माण गर्ने, राष्टिय प्रणालीको सुदृढिकरण गर्न तथ्यांक उपलव्ध गराउने लगाएत आर्थिक गणनाको मुख्य उदेश्य रहेको अधिकृत कार्कीले बताए । आजको गोरखापत्र दैनिकमा खवर छ ।

VIEWS: 423