बैंक अफिसरको घरमा यसरी मृत भेटिईन वालिका, प्रहरी भन्छ–अनुसन्धान जारी छ,
८ चैत्र, काठमाण्डौँ ।
काठमाण्डौँ स्थित सानिमा बैंकका संचालक बवि सिंह गडतौलाको घरमा मृत भेटिएकी एक वालिकाको शव दुई हप्तादेखि उठ्न सकेको छैन । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–१ की १४ बर्षिया वालिका रिता थामी गत फागुन २६ गते नक्साल, भगवती बहाल स्थित गड्तौलाको घरमा मृत भेटिएकी थिईन् । मृतकका परिवार र आफन्तजनले रिताको हत्या भएको भन्दै घट्नाको निष्पक्ष छानविन नभएसम्म शव नबुझ्ने बताएका छन् । वालिकाको शव महाराजगञ्ज स्थित शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।
गडतौला परिवारले वालिकाले आत्महत्या गरेको दावी गरेपनि पिडित पक्षले वालिकालाई मारिएको भन्दै जाहेरी दिएका छन् । गड्तौला सानिमा बैंकको तेस्रो बरियता अर्थात निक्षेप प्रमुखको जिम्मेवारीमा छन् । उनले वालिकालाई विगत दुई बर्षदेखि गैरकानुनी रुपमा घरेलु कामदारको रुपमा राखेका थिए । घट्नाबारे अहिले महानगरिय प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ ।
परिसरका प्रहरी नायव उपरिक्षक (डिएसपी) मोहन कुमार थापाले प्रारम्भिक अनुसन्धानका क्रममा वालिकाले आत्माहत्या गरेको जस्तो नदेखिएको र थप अनुसन्धान भैरहेको बताए । उनका अनुसार अस्पतालको पोष्टमार्टम रिर्पोटमा मृत्युको कारण स्पष्ट नभएका कारण शवको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा ल्यावटेष्ट र गडतौला परिवारको कोरियाग्राफी सहित अनुसन्धान प्रक्रिया अघि बढेको छ ।
परिसरका एसएसपी विश्वराज पोखरेलले सबै उपाय प्रयोग गरेर घट्नाको गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउने प्रतिक्रिया दिए ।
गड्तौलाको वयान बाझियो
घट्नाबारे अनुसन्धानमा तानिएका गड्तौला परिवारले दिएको वयान पनि बाझिएको छ । अस्पताल रिर्पोटमा वालिकालाई शौचालयमा अचेत अबस्थामा भेटिएको वयान छ भने प्रहरीलाई झुडिएको अवस्थामा फेला पारिएको भनिएको छ । गड्तौलाले शंकास्पद रुपमा दिएको छुट्टाछुट्टै बयानले घट्नालाई थप रहस्यमय बनाएको छ । वालिकाकी आफन्त चन्द्र बहादुर थामीले पिडकको वयान र घट्नाको प्रकृति हेर्दा वालिकाले आत्माहत्या गरेको हुनै नसक्ने बताए । घट्नास्थलमा चाईनिज कम्बल बाहेक अन्य कुनै साधन फेला परेको छैन । वालिकाको मृत्युपछि गड्तौला परिवारले शवलाई प्रहरीलाई जानकारी नदिई हिमाल अस्पताल पु¥याएको थियो ।
वालिकाको परिवार तथा आफन्तजनको जाहेरीपछि प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको हो । वालिका रिता सिन्धुपाल्चोककै स्थानीय भुजेल थरकी एक महिला मार्फत गड्तौला परिवारको सम्पर्कमा पुगेकी थिईन् । आफन्तजनका अनुसार उनलाई लालनपालन सहित शिक्षादिक्षा दिने प्रलोभन समेत देखाईएको थियो । तर उनलाई कामदारको रुपमा मात्रै प्रयोग गरिएको आफन्तको भनाई छ ।
संघ संस्थाको चासो
घट्नाबारे राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, थामी समुदायको साझा संस्था नेपाल थामी समाज लगाएतका संघ संगठनले चासो देखाएका छन् । पिडित पक्षको निवेदनपछि मानव अधिकार आयोग र महिला आयोगले अध्ययन गरिरहेका छन् । नेपाल थामी समाजले घट्नाको सत्यतथ्य छानविनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।
बुधवार मात्रै समाजको टोलीले परिसरका एसएसपी पोखरेल, डिएसपी थापालाई घट्नाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाहीका लागि गम्भिर ध्यानाकर्षण गराएको छ । टोलीमा पिडित पक्षका आफन्तसहित नेपाल थामी समाजका अध्यक्ष सुखबीर थामी, महासचिव लक्ष्मण थामी, हिरा थामी, गणेश थामी, नर बहादुर थामी, कुसुम थामी, सुर्य थामी लगाएत सहभागि थिए । त्यसअघि पनि थामी समाजका सल्लाहाकार तथा पदाधिकारी, भातृसंस्था नेपाल थामी युवा संघ, नेपाल थामी विद्यार्थी संघ लगाएतले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए ।