मन्त्रिपरिषद विस्तार, यी हुन् ११ मन्त्री र चार राज्यमन्त्री
मधेसि दललाई सहभागि गराउने प्रयास जारी
२ चैत्र । काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ११ जना मन्त्रि थपेर तेश्रोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । एमाले र माओवादीबाट मन्त्री बनेकाहरुले शुक्रबारै राष्टपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएका छन् ।
जसमा एमालेको तर्फबाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, जगत विश्वकर्मा, शेरबहादुर तामाङ रहेका छन् भने माओवादी केन्द्रका वर्षमान पुन, शक्ति बस्नेत,बिना मगर ,गिरिराजमणि पोखरेल र चक्रपाणी खनाल रहेका छन्।
माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोत र सिचाई मन्त्री, गिरिराजमणि पोखरेल –शिक्षा मन्त्री, शक्ति बस्नेत–वन मन्त्री, चक्रपाणि खनाल–कृषि तथा सहकारी मन्त्री, विना मगर –खानेपानी मन्त्री र रामकुमारी चौधरी(कृषी राज्यमंत्री भएका हुन् ।
अन्तिम समयमा आएर संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाल भने सरकारमा सहभागी भएनन् ।
दुवै दललाई सरकारमा सहभागी बनाउन बामगठबन्धनका नेताहरुले प्रयास गरेका थिए ।
यसअघि प्रधानमन्त्री ओलीले एमाले र माओवादीको तर्फबाट दुईपटक गरेर सातजनाको मन्त्रिपरिषद विस्तार गरेका थिए, जसमा ईश्वर पोख्रेल रक्षा, रामबहादुर थापा गृह, युवराज खतिवडा अर्थ, मातृका यादव उद्योग, लालबाबु पण्डित जनसंख्या तथा वातावरण, थममाया थापा महिला, गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बनेका थिए ।