दक्षिण कोरियाले आगामी वर्ष ७ हजार नेपाली कामदार लैजाने

जेठ अन्तिम साता भाषा परिक्षा

Tuesday, February 27th, 2018 |

१५ फागुन, काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष यो वर्षभन्दा झण्डै आधा नेपाली कामदार मात्रै लैजाने भएको छ । दक्षिण कोरियाले नेपालबाट इपीएसमार्फत आगामी वर्ष ७ हजार कामदार मात्रै लैजाने भएको हो । कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले सन् २०१९का लागि ७ हजारभन्दा बढी कामदारको कोटा सिलिङ तोकिएको जानकारी इपीएस कोरिया शाखालाई गराएको छ ।

ईपिएस कोरिया शाखाका अनुसार अब आगामी चैतको दोस्रो साता भाषा परीक्षामा सामेल हुनेसँग अनलाइन आवेदन लिइनेछ । शाखाका प्रवक्ता शोभाकर पराजलीले जेठको अन्तिम साता कोरियन भाष्षको परीक्षा हुने जानकारी दिए ।

अबको वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ २ हजारभन्दा बढी र उत्पादनमूलक क्षेत्रतर्फ करिब ५ हजार परीक्षार्थी उर्तीण हुने बताईएको छ ।

सन् २०१८को लागि १० हजार १ सय कामदारको सिलिङ दिएको कोरियाले १२ हजार १ सय ८ जना परीक्षार्थीलाई भाषा परीक्षामा पास गराएको थियो ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१९ को कोरियन भाषा परीक्षाको फारम चैत दोस्रो सातामा खुल्नेछ ।

यो पटक पनि अघिल्लो वर्षजस्तै अनलाइन फारम भर्न सकिनेछ । गतवर्ष कोरियन भाषा परीक्षामा झण्डै ७० हजार युवा सहभागी भएका थिए । यो वर्ष इपीएस भाषा परीक्षा जेठको अन्तिम सातामा हुनेछ ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेकोमा हालसम्म त्यहाँ ५० हजारभन्दा बढी युवाले रोजगारीको अवसर पाईसकेका छन् ।

VIEWS: 327