तामाकोसिको शेयरका लागि बैंक खाता खोल्न थालियो, डिम्याट खाता खोल्नुपर्ने

Sunday, February 4th, 2018 |

२१ मघ, दोलखा । माथिल्लो तामाकोसि जलविद्युत आयोजनाको शेयर प्रयोजनका लागि भन्दै दोलखाका बैङ्कहरुले सर्बसाधरणको बैङ्क खाता खोल्न थालेका छन् । आयोजना प्रवर्दक कम्पनी (अपर तामाकोसि हाईड्रो पावर कम्पनी लिमिटेड) ले जिल्लाबासिका लागि शेयर निष्काशन नगर्दै बैङ्कहरु खाता खोलिदिन सक्रिय भएका हुन् ।

ती बैङ्कहरुले आफ्ना जनशक्तिलाई गाउँमै खटाएर सर्बसाधरणको बैङ्क खाता खोल्न लगाईरहेका छन् । आवास पुर्ननिर्माणको किस्ता लिन बैङ्क आएका सर्बसाधरणलाई पनि तामाकोसिको शेयरका लागि छुट्टै खाता खोलिदिने गरिएको छ । खाता खोल्दा उनीहरुले ५ सय भन्दा बढि शुल्क पनि उठाउने गरेको पाईएको छ ।

सिटिजन बैङ्क शाखा कार्यालय चरिकोटले कालिञ्चोक गाउँपालिकामा उक्त कार्यका लागि आफ्ना कर्मचारीनै खटाएको छ । त्यहाँ धेरै सर्बसाधरणको खाता खोलिसकिएको स्थानीयले बताएका छन् । “तामाकोसिको सेयरका लागि भनेर खाता खोल्नुपर्छ भनेपछि खाता खोल्नैप¥यो, कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीका एक सर्बसाधरणले साझावोलीसँग भने शेयर खुलेको÷नखुलेको केही थाहा छैन ।”

सिटिजन बैङ्क चरिकोट शाखाका दिपक खत्रीले शेयरका लागि खाता खोल्ने क्याम्पियन संचालन गरेको स्वीकार गर्दै सर्बसाधरणको सहजताका लागि त्यसो गरिएको दावी गरे ।

तामाकोसि आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले शेयरका लागि बैंकहरुले खाता खोलेको बारे जानकारी नभएको प्रतिक्रिया दिए । तर बैंकहरुले पछिको समस्यालाई मध्येनजर गरी जिम्मेवारीपुर्बक त्यसो गरेको भए त्यो सकारात्मक रहेको उनले बताए ।

शेयर निष्काशन अझै एक महिनापछि
तामाकोसि आयोजनाले धितोपत्र बोर्डबाट स्वीकृती पाईनसकेको भन्दै जिल्लाबासिको शेयर जारी गरिसकेको छैन । अधिकारीहरुका अनुसार धितोपत्र बोर्डको स्वीकृति लिईसक्दा फागुन महिनाको अन्तिम सातापछि शेयर निष्काशन हुने सम्भावना छ । नितिगत रुपमा निर्णय हुन नपाउँदै बैङ्कहरुबीच रकम उठाउने प्रतिस्पर्धा सुरु भएको हो ।

आयोजनाले जिल्लावासिका लागि तीन बर्गमा विभाजन गरी १ अर्व ५ करोड रुपैयाँ बरावरको शेयर जारी गर्नेछ । न्युनतम ३० देखि अधिकतम ३ सय कित्ता सम्म सेयर निष्काशन गर्ने निर्णय यसअघि नै भैसकेको छ ।

डिम्याट खाता खोल्नुपर्ने

शेयरका लागि धितोपत्र बोर्डले डिम्याट (विद्युतीय) खाता अनिवार्य गरेको छ । डिम्याट खाता नहुनेले अब सेयर किन्न नपाउने व्यवस्था लागु भैसकेको छ । जसका कारण कम्पनीहरुले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य चाहिने भएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले जस्तोसुकै सेयर कारोबारका लागि पनि अनिवार्य डिम्याट खाता चाहिने व्यवस्था गरेको हो ।

बोर्डले डिम्याट खाता नभएकाहरुको आवेदन फारम अस्वीकृत गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन पनि दिइसकेको छ । मर्चेट बैंकररले सेयर निष्काशन तथा बिक्री प्रवन्धकको काम गर्छन् ।

के हो डिम्याट ?
डिम्याट भनेको भौतिकरुपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक ९इलेक्ट्रोनिकीकरण० गर्ने प्रक्रिया हो ।

विश्वमा अहिले कागजबिहीन सेयर कारोबारको बिकास भैरहेको छ । यो प्रक्रियाले सेयरको कारोबार गर्न छिटो छरितोरुपमा गर्न सघाउँछ ।

सेयरको अभौतिकिकरणले हराउने, च्यातीने, बिग्रने जस्ता समस्याबाट मुक्ति पाइन्छ । सेयरको डिम्याट गर्नका लागि केन्द्रिय निक्षेप सेवा (सिडिएसी) बाट सदस्यता लिएको निक्षेप सदस्य (डिपोजीटरी पार्टिसिपेन्ट) मार्फत खाता खोली भौतिकरुपमा रहेको सेयरलाई विद्युतीयकरण गर्न सकिन्छ ।

नेपालमा पनि सेयर बजारसम्बन्धी कामलाई छिटो छरितो बनाउन डिम्याट सेयरको कारोबार सुरु भएको हो । गत माघदेखि भौतिक रुपमा भएको सेयर प्रमाणपत्रको कारोबार हुँदैन । साधारण सेयरको आवेदनका लागि समेत डिम्याट खाता अनिवार्य भएको छ ।

यो प्रणालीको सुरुवातपछि झन्झटिला कागजी प्रक्रियाको सम्पप्तीसँगै आर्थिक बचत पनि हुने लगानीकर्ता बताउँछन् । डिम्याट खाता खोलेर कारोबार गरेपछि सेयरसम्बन्धी हरेक काम गर्न छिटो छरितो हुन्छ । सेयरको अभौतिक कारोबारले हरेक कागजातमा औँठाछाप लगाउनुपर्ने समस्या समेत समाधान हुन्छ ।

सेयर किनबेच गर्दा दाखिला फारम वा चलान फारम आवश्यक पर्दैन । मानौँ सेयर किन्दा वा बिक्रीगर्दा कम्तिमा पनि पाँच÷छ प्रति कागजात आवश्यक पर्दछ । किनबेच गर्दा हरेक प्रमाणपत्रको कित्ता नम्बर, सर्टिफिकेट नम्बर दुवै पक्षका तीनपुस्ते आवश्यक पर्दैन । कागजात प्रयोग नगर्नुपर्ने भएकाले कागजको बचाउ हुन्छ भने प्रिन्ट खर्च घट्दै जाने छ । अर्कातिर समयको पनि बचत हुन्छ ।

डिम्याट खाता कसरी खोल्ने ?
डिम्याट खाता खोल्नका लागि सामान्यतः बैंकमा खाता खोल्दाकै प्रक्रियामा जानुपर्छ । फोटो र नागरिकता चाहिन्छ । तर, बैंक खातामा पैसा जम्मा हुन्छ भने डिम्याट खातामा सेयर जम्मा हुन्छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा दलाल कम्पनीले निश्चीत मापदण्ड पुरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलिदिन्छ । डिम्याट खोलेपछि आफूसँग भएको वा खरिद गरेको सेयर सोहि खातामा जम्म हुन्छ । खाता खोलेपछि आफ्नो खातानम्बर तथा चेक बुक पाइन्छ ।

सेयर कारोबार गर्दाको समयमा डिम्याट अकाउन्ट दलाल कम्पनीलाई दिनु पर्ने हुन्छ । सोही अनुसार खातामा सेयर जम्मा हुन्छ भने बिक्री गर्दा चेक काटेर दिएपछि सेयर खातावाट खरिदवालाको खातामा ट्रान्स्फर हुन्छ ।

बिनाझण्झट तुरुन्तै नामसारी समेत गर्न सकिन्छ । यो सिस्टम सुरु हुनुअघि सेयरको नामसारीका लागि महिनौ कुर्नुपर्थ्यो । साथै सेयर नामसारीमा पठाउने भए छुट्टै खर्च समेत लाग्थ्यो । तर, कागजबिहीन सेयर कारोबार प्रणालीमा त्यो झन्झटको पनि अन्त्य भएको छ ।

नेपालमा पनि सेयर बजारसम्बन्धी कामलाई छिटो छरितो बनाउन डिम्याट सेयरको कारोबार सुरु भएको हो । गत माघदेखि भौतिक रुपमा भएको सेयर प्रमाणपत्रको कारोबार हुँदैन । साधारण सेयरको आवेदनका लागि समेत डिम्याट खाता अनिवार्य भएको छ ।

डिम्याटका फाइदा
सेयर बजारको आकार बढ्न समेत मद्दत पु¥याउँछ । कारोबार संख्या, रकम बढ्छ । सुचिकृत कम्पनीले नाफाको रुपमा सेयरधनीलाई दिएको बोनस सेयर पनि सिधै खातामा जम्मा हुने भएकाले सेयर लगानीकर्ता लागि धेरै सहज भएको छ ।

कागजी प्रणालीमा फुल टाइमर लगानीकर्तापनि सिडिएस सञ्चालनमा आएपछि पार्ट टाइम काम भएको छ । बोनस सेयर लिस्टिङ भएपछि डिम्याट खातामा जम्मा हुन्छ । त्यसका लागि लगानीकर्ताले सम्बन्धित कम्पनीको सेयर रजिष्ट्रार वा कम्पनीकोे सेयर शाखामा आफ्नो डिम्याट खाता नम्बर दिनुपर्छ ।

साधारण सेयर निष्कासन गर्ने कम्पनीले सेयर बाँडफाँट गरी डिम्याट खातामार्फत सेयर वितरणगर्दा सेयर प्रमाणपत्र छाप्नुपर्ने खर्च तथा समयपनि बचत हुन्छ । साथै धितोपत्रको दोस्रो बजारमा कारोबार भएपछिको राफसाफको प्रक्रियासमेत छिटो हुन्छ । जसकारण सेयर बेचेको खण्डमा समयमै पैसा हात पर्दछ । त्यो अन्यत्र ठाउँमा लगानी गर्न सकिन्छ ।
अहिले पाँच दिनमा पैसा हात पर्ने भएकाले महिनामा धेरै भन्दा धेरै कारोबार गर्न सकिन्छ । पहिला नामसारी गर्न महिना लाग्ने गर्दथ्यो । अहिले पाँच दिनमा सबै काम पुरा भइसक्छ । मानौँ कुनै जिल्लामा रहेर कारोबार गर्दा आवश्यक डकुमेन्ट केन्द्रमा पठाउनु परेको खण्डमा कुरियर गर्नुपर्ने र कागजात नै हराउने समस्या समाधान भएको छ ।

डिम्याट खाता कहाँ खोल्ने ?

डिपी (डिपोजिटरिङ पार्टीसपेन्ट) वा निक्षेप सदस्यता लाइसेन्स लिएका मर्चेन्ट बैंकर, ब्रोकर कम्पनी, बैंक वित्तीय संस्थाले खाता खोलिदिन्छन् । ब्रोकर कम्पनीहरुले खाता खोल्न पाउने भएपनि त्यसका लागि बोर्डमा आवेदन दिनुपर्छ र आवश्यक प्रक्रिया पुरा गर्नुपर्दछ ।
खाता खोल्न पहिला एक सय ५० रुपैयाँ लाग्छ । त्यसपछि वार्षिक सय रुपैयाँ तिरेर नविकरण गर्नुपर्छ ।

VIEWS: 6095