सरकारको निर्णय ः भुकम्पपिडितलाई थप एक लाख अनुदान, ६५ बर्षमै बृद्धभत्ता

Wednesday, January 24th, 2018 |

१० माघ, काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो ।

अनुदान पाउने समय सकिएको अवस्थामा बढाउने निर्णय समेत सरकारले गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । सरकारले यसअघि भूकम्प पीडितलाई अनुदानस्वरुप ३ लाख रुपैयाँ दिँदै आएको थियो । देउवा सरकारले त्यसमा थप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पाँच बर्ष घटाएर ६५ वर्षमै पाउने निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र बृद्धभत्ता पाईने व्यवस्था थियो । ४ जना महासेनानीलाई बढुवा गर्ने निर्णय समेत सरकारले छ ।

VIEWS: 517