यस्ता छन् सम्भावित ७ प्रदेश प्रमुखहरु, प्रदेश नम्बर ३ मा अनुराधा कोईराला

Wednesday, January 17th, 2018 |

३ माघ, काठमाडौं । प्रदेश प्रमुखहरु नियुक्ति गर्न मन्त्री परिषदको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बैठकले प्रदेश प्रमुखका साथै अस्थायी राजधानी तोक्ने सम्भावना छ । कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरी प्रदेश प्रमुख तोक्ने तयारी गरिएको स्रोतले जनाएको छ । २ मा राजपा र ५ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिने भएको छ भने ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा उमाकान्त झा, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने तयारी छ । स्रोतका अनुसार ‘प्रदेश १ को नाम हेरफेर हुनसक्ने भएपनि अन्य लगभग यसअघि नै फाईनल भैसकेको छ ।
गोविन्द सुब्बा कांग्रेसका पुराना नेता हुन् । उमाकान्त झा पूर्व प्रशासक एवं खिलराज रेग्मी सरकारका मन्त्री हुन् । उनी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी पनि हुन् ।

अनुराधा कोइराला माइती नेपालकी अध्यक्ष हुन् भने बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । यस्तै दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् । मोहनराज मल्ल पूर्वराष्ट्रिय पञ्चायत सदस्य हुन् ।

VIEWS: 249