६३ बर्षिय जर्मन नागरिकले नेपाली नाबालकहरुलाई यसरी गरे यौन दुराचार

Sunday, January 14th, 2018 |

३० पुष, काठमाण्डौँ । नेपाली नावालकहरुलाई यौन दुराचार गरेको अभियोगमा एक जर्मन नागरिक राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६३ वर्षिय जर्मन नागरिक योगेन भनिने हान्स् जुर्गेन गुस्टेभ रहेका छन् ।

उनलाई विशेष सुचनाका आधारमा प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईवीले राजधानीको भोटेवहालबाट पक्राउ गरेको हो । उनले नेपाली नाबालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुराचार गरी गराई नेपाली बालकहरुलाई पिडित बनाउने गरेको सिआईवीले जनाएको छ ।

उनले भोटेवहाल स्थित घरभाडामा लिई नेपाली नावालकहरुमाथि यौन दुराचार गर्दै आएको अनुसन्धानबाट खुलेको छ । सिआईवीका अनुसार सोही स्थानबाट तत्काल २ जना नेपाली नाबालक समेतलाई उद्दार गरिएको छ । सिआईबीले पक्राउ परेका योगेनलाई बालयौनदुराचार कसुर अन्तर्गत काठमाण्डौ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको छ ।

योगेनलाई जबर्जस्ती करणी महल अन्तर्गत उक्त बालयौन दुराचार अपराधमा अधिकतम १३ बर्ष कैद सजाय तथा पिडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने तयारी भैरहेको प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

VIEWS: 357