अलैचीको भाउ बढ्न थाल्यो, कृषकहरु उत्साहित

Sunday, January 14th, 2018 |

३० पुष, काठमाण्डौँ । केही वर्ष यता निरन्तर ओरालो लागेको अलैँचीको मूल्य बढ्न थालेपछि कृषकहरु उत्साहित हुन थालेका छन् । उत्पादित अलैँचीको मूल्यमा भारी गिरावट आउँदा निराश बनेका अलैची कृषकहरु भाउ बढेसँगै उत्साहित भएका हुन् ।

गत बर्ष एक हजार सम्म झरेको अलैची मुल्य यो वर्ष झण्डै दोव्बरले विक्रि हुन थालेको छ । यो वर्ष पनि लमजुङका किसानहरुले गुणस्तरीय अलैँची प्रतिकेजी ६ सय ५० देखि ७ सय रुपैयाँ, मध्यम खालको अलैँची ६ सय ३० देखि ६ सय ६० र चलनचल्तीको अलैँची ६ सय रुपैयाँमा बेच्न बाध्य भए । तर उत्पादित अलैँची बेचिसकेपछि भने अलैँचीको मूल्य बढेको हो ।

हाल भारतमा अलैँची सकिएको कारण अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित अलैचीको माग भएकाले नेपालमा उत्पादित अलैँचीको मूल्य बढेको अलैँची व्यवसायी महासंघका अधिकारी बताउँछन् ।

VIEWS: 319