गौरीशंकर गाउँपालिकामा ट्याक्टरमा च्यापिएर युवकको मृत्यु,

Sunday, January 14th, 2018 |

३० पुष, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घट्नामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्वर २ कसेरीका राजदेव भनेर चिनिने अन्दाजी ३३ वर्षिय चेत बहादुर खड्का रहेका छन् ।

घर निर्माणका लागि ट्याक्टरमा लगिएको बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको ढालामा च्यापिएर उनको मृत्यु भएको हो । उनले हालै ट्याक्टर खरिद गरी ढुवानीको काम गर्दै आएका थिए ।

ट्याक्टरको नम्वर खुल्न नसकेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

VIEWS: 213