प्रधानन्यायधिस पराजुलीले भने ः सडकमा कराएर केही हुँदैन,

Friday, January 12th, 2018 |

२८ पुष, काठमाण्डौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र बारे उठाईएको प्रश्नको खण्डन गरेका छन् । त्यसबारे उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको उनको प्रष्टोक्ति छ ।

रुकुम पूर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै प्रधानन्यायधिस पराजुलीले यस्तो बताएका हुन् । सडकमा कोही कराउँदैमा केही नहुने भन्दै उनले आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको जिकिर गरे । मैले पेस गर्ने ठाउँमा प्रमाण पेस गरिसकेको छु, पराजुलीले भने, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैनु, ।

डा. गोविन्द केसिको अनसन तर्फ ईगिंत गर्दै उनले विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने समेत बताए । न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए।

VIEWS: 291