छिन्ताङ काण्डमा मारिएका १६ जनालाई देउवा सरकारले गर्यो शहिद घोषणा

Friday, January 12th, 2018 |

२८ पुस, काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार (आज) बसेको बैठकले ३८ बर्ष अघि हत्या गरिएकाहरुबारे यस्तो निर्णय गरेको हो ।

२७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला सरकारले मृतकहरूलार्इ सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

VIEWS: 244