राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका विहिबार सार्वजनिक हुदै
२०७४ पुस २५, काठमाडौं
सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग नेपाल राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको छ।गत शुक्रबार माघ २४ गते गर्नेगरी सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो।
मिति घोषणा भएपछि आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटेको छ , विहिबार आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम गरिरहेको छ, आयोग प्रवक्ता नवराज ढकालले बताए ।
यसअघि आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुष २५ अर्थात आजसम्मका लागि दल दर्ताको समय दिएको थियो । आयोगले कार्यतालिका प्रकाशित गरेपछि सातै प्रदेशमा मतदाता नामावली संकलन,निर्वाचन कार्यलय स्थापना, र मुख्य निर्वाचन अधिकृत तोक्ने तयारी पनि गरेको छ।
दलहरुसँग आधिकारिक हस्ताक्षर, मतदाता शिक्षा कार्यक्रम र उम्मेदवारी दर्ता लगायतका कामलाई चरणबद्ध गर्ने योजना बनाइरहेको बताइएको छ ।