अदालतको मानहानी अभियोगमा डा. गोविन्द केसि पक्राउ

Monday, January 8th, 2018 |

२४ पुस, काठमाडौं । प्रधानन्यायधिस विरुद्ध आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई प्र्रहरीले पक्राउ गरेको छ ।

अदालतको मानहानी मुद्दामा सर्वोच्च अदालतले डा. केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे भित्र उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टामै प्रहरीले केसीलाई अनसन स्थलबाटै पक्राउ गरेको हो ।

उनलाई प्रहरीले पक्राउ गरेर एम्बुलेन्समा हालेर लगेको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा। गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ‘अदालतको अवहेलना’ मुद्दामा ‘केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु’ भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको थियो।

प्रहरी उच्च स्रोतका अनुसार केसीलाई पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। स्रोतले भन्यो, ुहामीले पक्राउ गरेका छौं। उहाँलाई सिंहदरबारमा राखिएको छ। सम्मानित अदालतको आदेश अनुसार भोलि सर्वोच्चमा उपस्थित गराइने छ

VIEWS: 200