डा. गोविन्द केसिलाई पक्राउ गरी बुझाउन सर्वोच्चको आदेश

Monday, January 8th, 2018 |

२४ पुस, काठमाडौं । सर्वोच्च अदालत विरुद्ध अनसन सुरु गरेका प्रा. डा. गोविन्द केसिलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार देखि आमरण अनसन सुरु गरेका थिए ।

अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको अरोप लगाउँदै केसिले अनसन सुरु गरेका हुन् ।
अनसन लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

अदालत प्रशासनले डा. केसीलाई मंगलवार विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।

VIEWS: 167