हुचील बिक्रिवितरणको अभियोगमा दोलखाका युवक पक्राउ

Monday, January 8th, 2018 |

२४ पुस, काठमाडौं । संरक्षित पंक्षी हुचीलको बिक्री वितरणमा संलग्न भएको अभियोगमा दोलखाका एक सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–७ घर भइ ललितपुर ईमाडोल बस्दै आएका २४ वर्षीय जेबी राईसहित ३ जना छन् । अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन ।

उनीहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौ–६ बौद्ध गेटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

VIEWS: 205