राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बालुवाटारमा

Friday, January 5th, 2018 |

 

 

२०७४,पुस २१,काठमाडौँ
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालमा भएका कामकारवाहीको समिक्षा गर्दैछन् ।

त्यसका लागि प्रधानमन्त्री देउवाले शुक्रबार सरकारका मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका उच्च पदस्थ सरकारी अधिकारीहरुलाई बालुवाटारमा बोलाएका हुन् ।

राष्ट्रिय योजना आयोगको आयोजनामा हुने कार्यक्रममा सरकारवाट भएको काम कारवाहीको अनुगमन तथा मुल्याङकनका विषयमा विशेष समिक्षा गरिने योजना आयोगले जनाएको छ ।

समिक्षा कार्यक्रम प्रत्येक ६–६ महिनामा हुने गर्दछ । प्रधानमन्त्रीमा गत जेठ २३ गते देउवा निर्वाचित भएयता समिक्षा कार्यक्रममा पहिलो पटक सहभागि बनेका हुन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक यतिबेला बालुवाटारमा जारी रहेको छ।

VIEWS: 188