आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढायो,
४ मंसिर, काठमाण्डौँ । नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले नेपालमा पनि मुल्य समायोजन गरेको जनाएको छ । ।
नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल १ रुपैयाँ र मटितेलमा १ रुपैयाँले वृद्धि भएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने जानकारी दिए ।
नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ, डिजेल ७८ रुपैयाँ र मटितेल ७८ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय, डिजेल ७७ र मटितेल ७७ रुपैयाँ थियो । गोइतका अनुसार आइओसीले खुद्रा मूल्य बढाएकाले यहा मूल्य बढेको हो । नयाँ मूल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ६७ पैसा र मटितेलमा १५ रुपैयाँ २७ पैसा नाफा छ । डिजेलमा भने प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा रहेको जनाएको छ
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत् राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि नभएको भन्दै यथावत् राखिएको छ ।
हाल खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय ५० रुपैयाँ छ । प्रतिलिटर हवाई इन्धन९आन्तरिक तर्फ० ८७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ०।८५० डलर छ ।